धुलिखेल नगरपालिका वडा नं. ७ मा रहेको धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि धुलिखेल अस्पतालमा इमरजेन्सी बाहेकको सवै सेवा बन्द भएको छ ।
अस्पतालमा कार्यरत एक नर्समा कोरोना भाइरसको संक्रमण देखा परेपछि इमरजेन्सी बाहेकको सेवा बन्द भएको हो । उनको सम्पर्कमा आएका सवैलाई आईसोलनमा राखिने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिनुभयो ।
त्यस्तै धुलिखेल अस्पताल बाहिर रहेको एक होटल व्यवसायीलाई समेत कोरोना संक्रमण देखिएपछि धुलिखेल अस्पताल आसपासका होटलहरु समेत बन्द गरिएको छ । हालसम्म धुलिखेलमा सर्वसाधारण सहित ९ जनामा कोरोना संक्रमण भेटिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर