३० मंसिर २०७७, मंगलवार

बालविवाह गराउन खोज्ने दुलाहासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहले पैसाको प्रलोभनमा परी वाल विवाह गराउन थालेका  थिए ।
रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ५को शिवनगर मन्दिरमा बालविवाह गराइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार सोमबार ओरैया टोलका रामसागर गिरीले आफ्ना २४ वर्षीय छोराको विवाह १५ वर्षीया किशोरीसँग गराउन लागेका थिए।

पक्राउ पर्नेमा इशनाथ नगरपालिका ३ का दुलाहाका बुवा रामसागर गिरी, दुलाहाका काका रामश्रेष्ठ गिरी, दुलाहा मुकेश गिरी, पुजारी कपिलदेव चौवे, सर्लाही हरिपुर नगरपालिका(२ की गीता गिरी र माधवनारायण नगरपालिका ६ की लक्ष्मी गिरी छन्।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर