३० मंसिर २०७७, मंगलवार

पाल्पामा मंगलबार बेलुकीपख जीप दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाईते भएका छन् । बगनाँसकालीगाउँ पालिकाको राम्दीबाट सुनादी तर्फ जाँदै गरेको लु १ च ५४६५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा चालक सहित ६ जना घाइते भएका छन।
जीपको ब्रेक फेल भएर ब्याक हुँदा जिप सडक देखि झण्डै ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा घाइते भएका चालक रिब्दीकोट ४ का २७ बर्षिय बिनोद तिवारी, बगनासकाली ५ सुनादीका १८ बर्षिय मनिष भट्टराई, सोही स्थानका १९ बर्षिया दुर्गा भट्टराई, २२ बर्षिया दुर्गा भट्टराई , बर्ष २२ की भगवती भट्टराई र २३ बर्षिया मन्जु भट्टराई को तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा उपचार भैरहेको छ

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर