३० मंसिर २०७७, मंगलवार

अध्यादेश ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गम्भीर भएको भन्दै प्रचण्ड–नेपाल समूहले सशक्त प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ।

https://amzn.to/4myfPN5

अध्यादेश प्रकरणपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको सचिवालयका बहुमत सदस्यहरुको भेलाले ओलीको कदमविरुद्ध स्थायी कमिटी बैठकमा कडा प्रतिवाद गर्ने निर्णय गरेको हो।

‘पार्टीलाई कुनै जानकारीसमेत नदिइ ल्याइएको अध्यादेश गम्भीर विषय हो,’ सचिवालय सदस्य झलनाथ खनालले भने, ‘यसलाई हामीले गम्भीर रुपमा लिएका छौं। अब भोलि बस्ने स्थायी कमिटीले नै आवश्यक निर्णय लिन्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर