
३० मंसिर २०७७, मंगलवार
पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ । १९९६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७३० पुगेको छ ।