२९ मंसिर २०७७, सोमवार
पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण भएको छ । ५०४ महिला र ३१७ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८४२ कोरोना भाइरस संक्रमणमुक्त भएका छन । संक्रमणमुक्त हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ । हालसम्म कोरोना भाइरस संक्रमणबाट १७१६ जनाको मृत्यु भइसकेको छ । सक्रिय संक्रमितको संख्या १० हजार ९५५ रहेको छ ।