 
							नयाँ नेपाली फिल्म ‘प्रकाश’को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार राजधानीमा औपचारिक कार्यक्रम आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
प्रदिप खड्का, दिया मास्के र रेनुनाथ योगीको मुख्य भूमिका रहेको फिल्म निम्नवर्गीय परिवारको एक युवकको स्थायी शिक्षक बन्ने यात्राबारेमा छ। यसको केन्द्रीय भूमिकामा प्रदीप छन्।
महेन्द्र अधिकारीको निर्माणमा बनेको फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन्। यसलाई विकास सुवेदीले लेखेका हुन्। फिल्ममा प्रदीप, दिया र रेनु सहित ‘प्रकाश’ घिमिरे, राजन खतिवडा, अमजद प्रवेज, गोविन्द सुनार, पवित्रा खड्का, निरज पन्थी लगायत कलाकारको अभिनय छ।
‘प्रकाश’ राउतको निर्देशनमा बनेको पाचौँ फिल्म हो। यसअघि उनको ‘प्रसाद’ प्रदर्शनमा आएको थियो। ‘प्रसाद’मा आफूले अगाडि बनाइरहेका फिल्मभन्दा फरक शैलीमा सामाजिक यथार्थवादी धारमा रहेर कथा भन्ने प्रयास गरेका थिए। ‘प्रसाद’भन्दा एक कदम माथि उठेर ‘प्रकाश’ बनाउने प्रयास गरेको उनले बताए।
‘प्रकाश’ प्रदीपका लागि पनि नयाँ शैलीको काम हो। ट्रेलर सार्वजनिक कार्यक्रममा उनले यो फिल्मबाट एउटा अभिनेताको रूपमा आफ्नो नयाँ जन्म भएको उनले बताए।
भदौ १० देखि प्रदर्शनमा आउने फिल्मले विदेश राइट्सबाट फिल्मको लगानी लगभग सुरक्षित गरेको निर्माण टोलीले जनाएको छ। भारत, क्यानडा, अमेरिका र युरोपका देशमा ‘प्रकाश’को राइट्स बिक्री भइसकेको छ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com