२२ मंसिर २०७७, सोमवार

अभिनेत्री श्वेता खड्का विवाह गर्दैछिन्। धनगढीका विजयेन्द्रसिंह रावतसँग उनको आज (सोमबार) विवाह बन्धन हुन लागिएको हो।

काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा विवाहको कार्यक्रम आयोजना गरिएको छ । विवाहमा दुबै तर्फका नजिकका सिमित व्यक्तिको मात्र उपस्थिती रहने बताइएको छ ।

विवाहको अघिल्लो दिन अर्थात् आइतबार श्वेताले सामाजिक संजालमा एक लामो भावुक स्टाटस समेत पोष्ट गरेकी थिइन् । जसमा विवाह गर्ने निणर्य गर्नुको पछाडिका कारणको विषयमा उल्लेख गरिएको थियो ।

यसअघि स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग वि.सं. २०७१ साल असार २३ गते उनले विवाह गरेकी थिइन् । विवाह भएको एक महिनापछि श्रीकृष्णको निधन भएको थियो । श्रीकृष्णको निधनपछि उनी एक्लो जीवन अगाडि बढाउँदै आएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार