आश्विन ८, २०७७

नेटफ्लिक्सको हरर सिरिज ‘द हन्टिंग अफ ब्लाई म्यानोर’ को ट्रेलर सार्बजनिक गरिएको छ । यो सिरिज सन् २०१८ को चर्चित हरर सिरिज ‘द हन्टिंग अफ हिल हाउस’ को सिक्वेल हो । ‘द हन्टिंग अफ ब्लाई म्यानोर’ लाई ‘द हन्टिंग अफ हिल हाउस’ कै निर्देशक माइक फलानागनले निर्देशन गरेका हुन् ।

यस सिरिजमा भिक्टोरिया पेड्रेटि, हेनरी थोमस, ओलिभर ज्याक्सन-कोएन, केट सिगेल, निया मिलर, राहुल कोहली, बेन्जामिन इभान ऐन्सवर्थ, एमेली स्मिथ र एमेली इभ मुख्य भूमिकामा देखिनेछन् ।

‘द हन्टिंग अफ हिल हाउस’ शर्ली ज्याक्सनको सन् १९५९ को सोहि नामको उपन्यासमा आधारित थियो भने ‘द हन्टिंग अफ ब्लाई म्यानोर’ हेनरी जेम्सको सन् १८९८ को कथा ‘द टर्न अफ द स्क्र्यु’ मा आधारित रहेको छ । हेनरी जेम्सको कथा दुई अनाथहरुको बारेमा रहेको छ जो एक महिलाको संरक्षणमा ब्लाई म्यानोरमा बसिरहेका हुन्छन् । समय बित्दै गएपछि ती महिलाले उक्त ठाउँको रहस्यहरु थाहा पाउछिन् । सिरिज अक्टोबर ९ मा नेटफ्लिक्समा रिलिज हुनेछ ।

https://www.youtube.com/watch?v=tykS7QfTWMQ&feature=emb_title

 

 

प्रतिक्रिया

सम्बन्धित खवर