७ असोज २०७७, बुधवार

काठमाडौं । विबादाूस्पद छविकी मोडल तथा नायिका पूनम पाण्डेको वैबाहिक जीवन धरापमा परेको छ । कहिले अर्धनग्न बनेर त कहिले छाडा बनेर विबामा तानिँदै आएकी यि सुन्दरीले विबाह गरेको १२ दिनमा नै उनकै उजुरीमा प्रहरीले उनका पति स्याम बम्बेलाई पक्राउ गरेको छ ।

मकोडल पूनमले स्यामविरुद्ध उत्पीडन र कुटपिटको मुद्दा दर्ता गरे लगत्तै गोवा प्रहरीले उनका पतिलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

कानाकोना प्रहरी स्टेशनमा इन्सपेक्टर तुकाराम चव्हाणलाई उद्धृत गर्दै पुनमले उत्पीडन, कुटपिट र हत्याको धम्की पाएको भन्दै उजुरी दिए लगत्तै पुनमका पतिलाई नियन्त्रणमा लिएर अनुसनधन अगाडी बढाइएको दक्षिण गोवाका एसपी पंकज कुमार सिंहले पुष्टि गरेका छन् ।

१२ दिन अघि पुनमले पति स्याम्बेसँगको तस्विर सेयर गर्दै लेखेकी थिइन्, ‘तिमीसँग सात जन्म बिताउने आशामा ।’ तर १२ दिनकै दिन यो जोडीको वैबाहिक जीवन धरापमा पर्न गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर