यस वर्षको दसैँको फूलपाती अर्थात् असोज २४ गते नेपाली फिल्म क्षेत्रका लागि विशेष हुने देखिएको छ । यो मितिमा बक्सअफिसमा तीन फिल्म एकसाथ रिलिज हुने पक्का भएको हो ।

फिल्म ‘१२ गाउँ’ले यो मितिमा आफू आउने घोषणा गरेसँगै यो मितिमा तीन फिल्म भिड्ने पक्का भएको छ ।

यसअघि यो मितिमा ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’ले प्रदर्शन मितिका रूपमा घोषणा गरिसकेका छन् । ‘१२ गाउँ’ अभिनेता बिराज भट्टको निर्माण तथा निर्देशनमा तयार भएको एक्सन प्रधान फिल्म हो । फिल्मबाट बिराजको छोरा समीर भट्टले अभिनयमा डेब्यु गरेका छन् ।

निर्देशक बिराजको पनि मुख्य भूमिका रहेको फिल्ममा समिरको अलवा पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, भिष्म जोशी, तारा शर्मा, शुलेमान शंकर (इकु), किशोर भट्ट, सन्तोष सरकार, स्टन्ट सिल्भा (साउथ फिल्मका चर्चित कलाकार) लगायतको पनि अभिनय छ ।

अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भूपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्मको कथा बिराजले नै तयार गरेका हुन् । सन्तोष सरकारको पटकथा तथा संवाद रहेको फिल्ममा साउथका स्टन्ट सिल्भाको द्वन्द्व निर्देशन छ । उनलाई शंकर महर्जनले सघाएका छन् । महेश पौडेलले यो फिल्मलाई खिचेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर