
१५ श्रावन २०७८, शुक्रवार
बलिउडमा निकै सफल मानिएको जोडिले अव फेरी एउटै फिल्ममा काम गर्ने भएका छन । फिल्म कुछ कुछ होता है, दिलवाले दुल्हनिया ले जाएँगे, माइ नेम इज खानजस्ता सुपरहिट फिल्ममा देखिएको शाहरुख खान र काजोलको जोडि नयाँ फिल्ममा देखिदै छन ।
राजकुमार हिरानीले बनाउने फिल्ममा यी दुईले काम गर्ने भएका हुन् ।
भारतीय मिडियाका अनुसार यो फिल्म सामाजिक विषयमा आधारित फिल्म हो । लामो समयपछि साहरुखले आफूले राजकुमार हिरानीको फिल्ममा काम गर्ने सहमति जनाएका हुन् । यसअघि उनले लामो समयसम्म फिल्ममा काम गरेका थिएनन् ।
साहरुखले यो फिल्मका लागि सम्झौता गरिसकेको भारतीय मिडियामा उल्लेख गरिएको छ । फिल्मको सुटिङ अप्रिल २०२२ बाट सुरु हुने भएको छ ।