३ श्रावन २०७८, आइतवार

हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात् कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् । मिर्गौला सम्बन्धी समस्याका कारण उनी महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएकि हुन ।
उनमा केहीदिन अगाडि मिर्गौला सम्बन्धि समस्यामा देखिएको थियो ।

उनले मिर्गौला समस्याका कारण केही समयदेखि डायोलोसिस गर्दै आएकी थिइन् । अहिले भने डायोलोसिस गर्न समेत समस्या परेकोले डाक्टरले उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएका छन् ।

विगत १३ वर्षदेखि नियमित रुपमा ‘मेरी बास्सै’ टेलीसिरियलमा अभिनय गर्दै आएकी उनले अन्य धेरै टेलिसिरियल तथा गीतहरुको म्युजिक भिडियो अभिनय गरेकि छन । उनलाई सहयोग गर्नको लागि सवैकलाकारहरु एकै ठाउँमा उभिएर सहयोग गर्ने वचन दिन थालेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर