२० आषाढ २०७८, आइतवार

बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण रावले सम्बन्ध विच्छेद गरेका छन्। आमिर खान र किरण रावले आफ्नो सम्बन्ध विच्छेदको खबर साझा गर्दै एक जोइन्ट स्टेटमेन्ट जारी गरेका हुन्। आमिर र किरणको सम्बन्ध विच्छेदको समाचार उनका प्रशंसकहरूका लागि धेरै हैरान पार्ने खालको बताइएको छ।

https://amzn.to/4myfPN5

आमिर र किरण १५ बर्ष अघि विवाह बन्धनमा बाँधिएका थिए । फिल्म आलोचक तरण आदर्शले आमिर र किरणको साझा बयान सोशल मिडियामामार्फत सार्वजनिक गरेका छन् । जसमा लेखिएको छ, ‘यस १५ बर्षको एकजुटतामा, हामीले जीवनका अनुभवहरू साझा गरेका छौं, खुशी छौं, हाँसेका छौं र हाम्रो सम्बन्ध केवल विश्वास, सम्मान र प्रेममा अघि बढेको थियो । अब हामी हाम्रो जीवनको नयाँ अध्याय सुरू गर्न लागेका छौँ । अब हामी पति र पत्नीको रूपमा होइन तर सह-अभिभावक र एक अर्काको परिवारको रूपमा बाँच्नेछौं। हामीले केहि समय पहिले नै अलग हुने निर्णय गरेका थियौं र अब हामी अलग भएका छौं’ ।

यसैबीच अमिर खानसँग अभिनय गरिसकेकी अभिनेत्री फातिमा सना सेख ट्रोल बनिरहेकी छन्। उनले आमिरसँग दंगल र ठग्स अफ हिन्दुस्तानमा अभिनय गरेकी थिइन्।

आमिरले अब फातिमासँग विवाह गर्ने सक्ने भन्दै उनीहरुको ट्रोल भइरहेको छ।

हुन त ठग्स अफ हिन्दुस्तान सुटिङ भइरहेकै बेला यी दुईबीच प्रेम सम्बन्ध रहेको हल्ला चलेको थियो। यसबारे फातिमाले सार्वजनिकरुपमै अफवाह भएको बताएकी थिइन्।

यो पनि पढनु होस पढनलाई तलको लिकंमा क्लिक गर्नुहोस

आमिर खान र पत्नी किरण राव विच सम्बन्ध विच्छेद

 

प्रतिक्रिया

सम्बन्धित खवर