लुम्बिनी सांस्कृतिक नगरपालिकामा लगाइएको ताला सहमतिपछि खुलेको छ । नगरपालिका र राजनीतिक दलबीच आगामी माघ मसान्तसम्म अभिभावककै तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनाउने र त्यसपछि शिक्षा ऐन संशोधन गरी पुरानै प्रावधान कायम गर्ने सहमतिपछि कार्यालयको ताला खोलिएको जनता समाजवादी पार्टी(जसपा)का नगर अध्यक्ष तथा संयुक्त सङ्घर्ष समितिका संयोजक अब्दुलमोविन खानले जानकारी दिनुभयो ।
शिक्षा ऐनमा भएको वडाध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने प्रावधान खारेज गर्न माग गर्दै यही असोज ६ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र माक्र्सवादी पार्टीले संयुक्त रूपमा तालाबन्दी गरेका हुन् ।