जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निषेधाज्ञाकाबीच केही भाषिक परीक्षा सञ्चालन गर्न दिने भएको छ । टोफल, आईईएलटीएस, जीएमटी, जीआरई, जीआरएफडब्ल्यू, अक्युपेसनल अंग्रेजी टेस्ट लगायतका परीक्षा सञ्चालन गर्न पाइने प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ ।

परीक्षा सञ्चालन गर्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी परीक्षा सञ्चालन कार्यविधि र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा निर्धारित स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको भोलिपल्ट जिल्ला प्रशासन कार्यालयले परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा ३ भदौदेखि निषेधाज्ञा लगाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर