
१७ भाद्र २०७८, बिहिवार
यौन जीवन सन्तुष्ट बनाउनको लागि हामीले खाने खानाको पनि ठूलो भुमिका रहेको छ ।
यौन जीवन सन्तुष्ट बनाउन खान हुने कुराहरु
चकलेट : चकलेटमा फेलिलएलथाइलमाइन हुन्छ जसले यौन इच्छा बढाउने काम गर्छ चकलेट खाँदा सरोटोनिक हर्मोन बन्ने गर्छ जसले मूड राम्रो बनाउँछ । यौन सम्बन्ध स्थापित गर्नुअघि चकलेट खाँदा तनाव कम हुन्छ र यौन इच्छा जागृत हुन्छ ।
पालुङ्गो : हरियाे पालुङ्गोमा अत्यधिक म्याग्नेसियम पाइन्छ जसले टेस्टोस्टेरोनको स्तर बढाउने काम गर्छ । पालुङ्गोमा आइरन पाइन्छ जसका कारण सेक्स ड्राइभ बढ्ने गर्छ ।
अनार : याैन शक्ति र फर्टिलिटी बढाउनका लागि अनार अत्यधिक फाइदाजनक मानिन्छ ।
स्ट्रबेरी : स्ट्रबेरी खाँदा शरीरमा अक्सिटोसिन हर्मोन बन्छ जसलाई लभ हर्मोन पनि भनिन्छ । यसको सम्बन्ध यौन इच्छासँग हुन्छ ।
कफी वा चिया : कफी वा चियामा अत्यधिक क्याफिन पाइन्ट जसको असर स्नायू प्रणालीमा पर्छ । यसले यौन सम्बन्धका बेला पुरुषमा परफर्मेन्स एन्जाइटी हुन दिँदैन ।
एभोकाडो : क्रिमले भरपुर यो फलमा हेल्दी फ्याट र फाइबर हुन्छ । एभोकाडो खाँदा भित्रैदेखि ऊर्जा मिल्छ । त्यसैले यौन सम्बन्ध स्थापित गर्नुअघि एभोकाडो खानु राम्रो हुन्छ ।
खान नहुने कुराहरु –
रक्सी : रक्सीको अत्यधिक मात्राले टेस्टोस्टेरोनको स्तर कम गर्छ । यसको असर स्नायू प्रणालीमा पर्छ जसका कारण सेक्स ड्राइभ कम हुन्छ ।
-यौन सम्बन्धको अघि कहिले पनि मासु वा नौनीजस्ता स्याचुरेटेड फ्याटयुक्त खानेकुरा नखाने । यसले रक्त सञ्चार स्लो गर्छ र यौन इच्छा कम हुने गर्छ ।