२१ पौष २०७७, मंगलवार

अध्ययनका लागि भन्दै नेपाल आएका विदेशहरु गैरकानुनी काममा संलग्न भएको फेला परेपछि नेपालले ३४२ जना विदेशीलाई देश निकाला गरेको छ । यसरी देश निकाला गरिएकाहरुमा अधिकांश धर्म प्रचारमा लागेको फेला परेका छन् । अध्ययनका लागि भन्दै नेपाल आउने र धर्म प्रचारको काममा लागेको फेला परेपछि उनीहरुलाई फेरी ५ वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी देश निकाला गरिएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यसरी नेपाल आउनेहरु चिन, बंगलादेश भियतनाम, भुटान अमेरिका बेल्जियम, युक्रेन लगायतका नागरिक छन् । सबैभन्दा बढी चिनियाँ नागरिक रहेको अध्यागमन विभागले जनाएको छ । हालै बेल्जियमकी भेन वाल्टर एम डिकेसटेकर र एभेलिन लुसाइन क्लेसलाई देश निकाला गरिएको छ । उनीहरु अध्ययन भिसामा नेपाल आएका थिए। तर धर्म प्रचारमा लागेको भेटिएपछि फेरी ५ वर्ष नेपाल आउन नपाउने गरी देश निकाला गरिएको छ ।

उनीहरुले दुई वर्षदेखि पाँचथरका विभिन्न गाउँमा इसाई धर्म प्रचार गरिरहेको सूचना गृह मन्त्रालयमा आएको थियो। स्थानीयका अनुसार त्यहाँ बसेर श्रीमतीले अनलाइन कक्षा सञ्चालन गर्थिन् भने श्रीमान् पास्टरका रुपमा धर्म प्रचार गर्थे।

युक्रेनका नागरिक एन्टोनिना दोमासेन्सलाई पनि देश निकाला गरिएको छ । उनी पनि अध्ययन भिषामा आएर नेपालमा धर्म प्रचारमा सकृय थिइन् । उनले अमेरिका, युरोप तथा अन्य मुलुकबाट अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा पास्टरबाट पठाएको रकमबाट धर्म प्रचार, चर्च निर्माण, क्रिश्चियन विद्यालय सञ्चालन गरिरहेको अनुसन्धानका क्रममा खुल्यो।

उनले ललितपुरको भैंसेपाटीमा डाइनामिक सामुदायिक विद्यालय संचालन गरेकी थिइन् । नेपालमा एउटा प्रयोजनका लागि भनेर आउने र अर्कै धन्दा चलाउने विदेशीको संख्या ठूलो छ। अध्यागमन विभागले सन् २०२० मा मात्रै ३ सय ४२ जना विदेशीलाई देशनिकाला गरिसकेको छ।

नेपालबाट निष्कासन गरिएकामा सबैभन्दा धेरै चिनियाँ नागरिक छन्। यो वर्ष चीनका २ सय ३४ जनालाई निकाला गरिएको छ। यस्तै बंगलादेशका १७, भियतनाम र इरानका ७र७ जनालाई निष्कासन गरिएको छ। भुटानका ६, अमेरिका र यमनका ५र५ गिनी र पाकिस्तानका ३र३, रसिया, श्रीलंका, लेबनान र सोमालियाका २र२ जना नागरिक नेपालबाट निकालिएका छन्। बाँकी देशका एक एक जना रहेको अध्यागमन विभागको तथ्यांक छ।

प्रतिक्रिया

सम्बन्धित खवर