 
							१९ कार्तिक २०७७ प्रहरी चोकी ढुङ्ग्रेवास हिरापानी चेक प्वाइन्टले अवैधरुपमा काठमाडौं लैजाँदै गरेको पटाका बुधबार बरामद गरेको छ ।

राजविराजबाट काठमाडौं जाँदै गरेको बा ४ ख ५०६२ नम्बरको हायस गाडीबाट प्रहरीले पटका बरामद गरेको हो कमलामाइ नगरपालिका(४ को हिरापानी चेक प्वाइन्ट इन्चार्ज प्रहरी नायब निरीक्षक विदुरचन्द्र अधिकारीका अनुसार १४ बन्डल विभिन्न ब्रान्डका पटाका, गमला २० बट्टा,भुइचक्कर ५७ प्याकेट, झिरझिरे १५० प्याकेट, हाइड्रो चकलेट बम २० प्याकेट, आतिसबाजी फाइनल दुई प्याकेट बरामद भएको बताए ।
छतमा झोलामा राखिएको पटाका कसैले दाबी नगरेपछि बरामद गरि जनप्रतिनिधिको रोहबरमा जिल्ला प्रहरी कार्यालयमा लगेर नष्ट गरिएको छ ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com