११ असोज २०७७, आइतवार

विभिन्न २१ निर्माण व्यवसायी कम्पनीलाई कालो सूचीमा राखी ठेक्का प्रक्रिया रद्द गर्न प्रक्रिया अगाडि बढाइएको छ ।
सडक डिभिजन कार्यालय हेटौँडाले मकवानपुर, वारा र पर्सा जिल्लामा सडक निर्माण र मर्मतलगायतका सम्झौता वमोजिम काम नगर्ने कम्पनीसँगको सम्झौता रद्द गरी आवश्यक कारवाही शुरुआत गरेको हो ।

११ वर्ष अगाडि सडक निर्माण तथा मर्मत ठेक्काको सम्झौता गरेका निर्माण व्यवसायीलाई पटक पटक सूचना गरेपनि सम्पर्कमा नआएकोले बाध्य भइ कारवाहीमा जानु परेको कार्यालयले जानकारी दिएको छ

कालो सूचीमा राख्ने प्रक्रिया अन्तर्गत मकवानपुरका सात, पर्साका छ, बाराका तीन र काठमाडौँका एक निर्माण व्यवसायी कम्पनी छन् । ती कम्पनीसँग सम्झौता रद्द आर्थिक वर्ष २०६५÷०६६ देखि २०७०÷०७१ सम्मको रहेका कार्यालयले जनाएको छ । सार्वजनिक खरिद ऐन–२०६३ को दफा ५९ अनुसार सम्झौता अन्त्य गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर