
८ असोज २०७७, बिहिवार
बन्दाबन्दीका कारण छ महिनादेखि बन्द रहेको खोटाङको तीन विमानस्थलमध्ये दुईमा यही शनिबारदेखि नियमित उडान हुने भएको छ । नेपाल वायु सेवा निगमको हवाईजहाजले खानीडाँडा विमानस्थल र थामखर्क विमानस्थलमा शनिबारदेखि नियमित उडान भर्ने भएको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट सबैभन्दा नजिक पर्ने खानीडाँडा विमानस्थलमा हप्ताको दुई पटक बुधबार र शनिबार तथा दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थमा हप्ताको एक पटक बुधबार उडान भर्नेगरी वायु सेवा निगमले कार्यतालिका सार्वजनिक गरेको छ । नियमित उडान हुने भएपछि वायु सेवा निगमले दुवै विमानस्थलका लागि भाडादरसमेत सार्वजनिक गरेको छ ।
खानीडाँडा–काठमाडौँका लागि एकतर्फी भाडा प्रति व्यक्ति रु चार हजार ७४०उता, थामखर्क विमानस्थलका लागि भने एकतर्फी भाडा प्रति व्यक्ति रु चार हजार ३८५ निर्धारण गरिएको जनाइएको छ ।