भदौ ३०, असोज १ गतेदेखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खोल्न पाइने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले असोज १ देखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खोल्न पाइने निर्णय भएको जानकारी दिए।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

तर यी व्यवसाय सञ्चालन गर्दा कोरोनाको सुरक्षा सम्वन्धी मापदण्ड पालना गर्नुपर्नेछ।

ग्राहकले भौतिक दूरी कायम गर्न सक्नेगरी होटल रेष्टुरेन्टमा भौतिक संरचना व्यवस्थापन गर्नुपर्नेछ। सुरक्षाका उपाय अवलम्वन भए नभएकोबारे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नियमन गर्नेछ।

चैत ११ गते लकडाउन गरिएपछि सबै होटल तथा रेष्टुरेन्ट बन्द रहँदै आएका थिए। बीचमा साउन १५ गतेदेखि यस्ता व्यवसाय सञ्चालन गर्ने निर्णय गरिएपछि विभिन्न जिल्ला प्रशासनले निषेधाज्ञा लागू गरेपछि पुनः बन्द गर्न बाध्य पारिएको थियो।

जिमखाना, सिनेमा घर, चिडियाखाना, शैलुन, स्पाजस्ता व्यवसाय भने तत्काल सञ्चालन गर्न नपाइने ज्ञवालीले बताए। अर्को निर्णय नहुञ्जेलसम्म यस्ता व्यवसाय सञ्चालन गर्न नपाइने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर