१९ भाद्र २०७७, शुक्रवार

कपिलवस्तुमा एक हजार ७०० बोरा युरिया मल भित्रिएको छ। बुधवार राति कृष्णनगरमा रहेको साल्ट ट्रेडिङमा ८५ टन युरिया आएकाले वितरण गर्न सुरु गरिएको कार्यालयले जनाएको छ।

https://amzn.to/4myfPN5

लकडाउन यता मल अभाव भएको हुँदा तत्काल कृषकको पहुँचमा पुर्याउन वितरण गर्न सुरु गरिएको बताइएको छ। कपिलवस्तुभर कृषि सामग्री संस्थानका दुई डिपो र साल्ट ट्रेडिङका एक शाखाबाट मलको आपूर्ति गरिँदै आएको थियो।

कपिलवस्तुमा चालु आर्थिक वर्षमा पहिलो पटक मल आपूर्ति भएको हो। लकडाउनमा साल्ट ट्रेडिङको डिपोमा रहेको १४ हजार बोरा मल वितरण भएको थियो।जिल्लाभरी सहकारी संस्थामार्फत मल वितरण गरिँदै आएको साल्ट ट्रेडिङ कृष्णनगरका प्रमुख धिरेन्द्र सिंह श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर