१८ भाद्र २०७७, बिहिवार

नेपाल सरकारले एयर अरेवियालाई यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नियमित उडानको भाडादर र चार्टर उडानको गुनासोको सम्बन्धमा बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर युएईको सारजाहबाट काठमाडौं आएको १४२ यात्रुको रकम फिर्ता गराउन निर्देशन दिनुभएको हो ।  एयर अरेवियाले १४२ जना पिसिआर गरेको, १८ जना आरडिटी गरेको र एकजना केही पनि नगरेको यात्रु ल्याएर सबैलाई होटल क्वारेन्टाइनमा राखेपछि सो बापतको रकम फिर्ता गराउन मातहतका निकायलाई निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ । मन्त्री भट्टराईले सबै यात्रुबाट होटल खर्च उठाएको तर पछि यात्रुले नै तिरेको गुनासो आएपछि उक्त रकम रकम फिर्ता गराउन र फिर्ता नगरे कारबाही गर्नसमेत निर्देशन दिनुभएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

अन्तर्राष्ट्रिय नियमित उडान महँगो भएको गुनासोपछि मन्त्री भट्टराईले नेपाल वायु सेवा निगमका र हिमालय एयरलाइन्सको उडान भएका क्षेत्रमा वायुसेवा निगमले तय गरेको भाडादरअनुसार उडान गराउन विदेशी एयरलाइन्सलाई फ्लाइट उडान अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभएको छ । उहाँले टिकटमा ट्राभल्स एजेन्सीले अनियन्त्रितरूपमा कालोबजारी गरेको गुनासोपछि एयरलाइन्सले नियन्त्रण गर्नुपर्ने भन्दै अनुगमन तथा सहजीकरणका लागि विदेशी कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघसँग (एनआएन)आग्रह गर्नुपर्ने बताउनुभयो ।

बैठकले हवाई भाडादरमा कालोबजारी, अपारदर्शिता र अन्य गैरकानुनी मुनाफा कायम गरी भाडादर असुल उपर नगर्न नगराउन सम्बन्धित बायुसेवा कम्पनीलाई सचेत गराउने, नियमित उडानमा बजेट एयरले अन्य एयरलाइन्सभन्दा कम भाडादरमा उडान गर्नुपर्ने, चार्टर उडान सम्बन्धमा पर्यटन मन्त्रालयले यसअघि तोकेको भाडादरभन्दा बढी नहुने सुनिश्चित गरी उडान सञ्चालन गर्न अनुमति दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर