१८ भाद्र २०७७, बिहिवार
हवाई टिकटको जोहो गर्न नसक्दा एक नेपालीको परिवार नेपालमा भौतारिरहेको छ ।
अवैधानिक भएको कारण मलेसियामा पक्राउ परी जेलको सजाय भोगिरहेका गोविन्द वहादुर खत्रीको परिवारले नेपालमा टिकटको जोहो गर्न सकिरहेको छैन ।
वझागको घोडादौना ३ घर भई ललिलपुरको शिवमन्दिर नजिकै टहरोमा दिन विताईरहेका खत्रीको परिवारले हवाईटिकट नहुदा समस्या परीरहेको वताए ।
श्रीमान कमाउन जानुभएको थियो जेल परेपछि हाम्रो विजोग भयो,दुई छोरा र एक छोरीलाई जसोतसो खुवाईरहेकि छु,टिकट काटेर फर्काउने कुनै उपाय छैन गोविन्दको श्रीमती लक्ष्मि देवि खत्रीले भनिन ।
अहिले मलेसियावाट आउने हवाईटिकट समेत निकै महगो भएकोले पनि उनलाई थप समस्या भएको छ ।
मलेसियावाट असोज २ गतेको लागि टिकट पठाईदिनु भनेका छन । यहाँ खानी खर्चसमेत छैन कसरी पठाउ लक्ष्मिले भनिन ।
अहिले खत्रीको परिवारलाई सहयोगि नेपाल नामक संस्थाले खाध्यान्न,तथा वालवच्चाको लागि कापि कलमहरु दिएर सहयोग गरीरहेको छ ।

 

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

 

प्रतिक्रिया

सम्बन्धित खवर