१७ भाद्र २०७७, बुधवार
निरन्तर उकालो लागेको सुनको मूल्य बुधवार घटेको छ । अघिल्लो दिनको भन्दा तोलामा १२ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदि व्यवसायि महासंघले जनाएको छ ।
मंगलबार तोलामा ९ सय रुपैयाँले बढेर तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी अघिल्लो दिनको भन्दा तोलामा ३० रुपैयाँले घटेर तोलाको १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा ३० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य उतारचढाव भइरहेको छ । आज सुन प्रतिऔंस १९६४ .०९ डलरमा कारोबार भएको छ । चाँदी प्रतिऔंस २८. ०६ डलर भएको छ । हिजो सुन प्रतिऔंस १९८९. ८८ डलर र चाँदी २८ .७३ डलरमा कारोबार भएको थियो ।