भौतिक तथा शैक्षिक पक्ष सुधार गर्न र क्याम्पसमा प्राविधिक शिक्षा सुरवात गर्ने मूल उद्देश्यका साथ स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँ पालिका वडा नं ७, मिर्मी स्थित मिर्मी बहुमुखी क्याम्पसमा ‘स्याङ्जा आलमदेवी, शिला शालिग्राम शैक्षिक एवं धार्मिक महोत्सव, श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१’ सम्पन्न भएको छ । उक्त महायज्ञबाट रु २ करोड ३० लाख ३७ हजार १ सय  ६५ रुपैंया रकम सङ्कलन भएको छ ।

https://amzn.to/4myfPN5

२०८१ मंसिर २२ देखि २९सम्म संचालित सो श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा प्रमुख कथा वाचका रूपमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल रहनुभएको थियो।

महायज्ञको कुल आम्दानी रू २ करोड ३० लाख ३७ हजार १ सय  ६५ रुपैंया रहेको र कुल खर्च रु ४१ लाख ५० हजार ४ सय ५६ रुपैंया, .१२ पैसा रहेको साथै कुल बचत १ करोड ८८ लाख ८६ हजार ७ सय ८ रुपैंया ८७, पैसा रहेको महायज्ञ मूल समारोह समितिका आर्थिक समिति संयोजक ज्ञान प्रसाद भट्टराईले बताउनुभयो।

२०६२ सालमा सामुदायिक क्याम्पसका रुपमा स्थापित मिर्मी बहुमुखी क्याम्पस आर्थिक अभावका कारण महायज्ञ गर्नु परेको साथै महायज्ञबाट सङ्कलन भएको रकमलाई सदुपयोग गरी क्याम्पसको स्तरोन्नति गर्ने प्रतिबद्धता क्याम्पस प्रमुख रामप्रसाद पाण्डेले गर्नुभएको छ। साथै उहाँले यस महायज्ञमा आर्थिक सहयोग गर्नुभएका सम्पूर्ण दानवीर हरूलाई र उक्त महायज्ञ सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्नुभएका सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई शिक्षा, ब्यवस्थापन तथा मानविकी सङ्कायका विभिन्न विषयहरुमा अध्यापन गराउँदै आएको उक्त क्याम्पमा महायज्ञबाट संकलित रकमले क्याम्पस परिसरमा घेराबार गर्ने, छात्राबास, पुस्तकालय , क्यान्टिन तथा भवन निर्माण सहित विभिन्न संकाय थपी आधुनिक प्रविधिमैत्री कक्षा निर्माण गरि क्याम्पसलाई नमूना क्याम्पसको रूपमा विकास गर्ने योजना रहेको मिर्मी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वेदनिधि भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर