रामचन्द्र नेपाल

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देश पूर्ण विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको बताएका छन् । शुक्रबार विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्देशक घिसिङले उक्त कुरा बताएका हुन् ।

‘आठ वर्षअघि २९ लाख ७० हजार विद्युत् ग्राहक थिए, हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ । बिकट बस्तीको पहिचान गरेर विद्युतीकरण गर्ने कार्य भइरहेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘अब देश छिट्टै पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको छ ।’

आर्थिक वर्ष २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र रहेको उनले जनाए । आफ्नो दोस्रो कार्यकाल सुरु हुनुअघि (तीन वर्षअघि) देशमा विद्युतीकरणको अवस्था ८९ प्रतिशत रहेको उनले बताए । अहिले देशमा विद्युतीकरण ९९ प्रतिशत पुगेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर