रामचन्द्र नेपाल

घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजना र कालीगण्डकी फाउण्डेशन नेपालको समन्वयमा नेपाली पोशाक दौरासुरुवाल गुन्युचोली सिलाई सम्बन्धि एक महिने तालिम रामपुरमा चलिरहेको छ ।
तालिमको उद्घाटनको अवसरमा आफनो भनाई राख्दै रामपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले अहिले दौरा सुरुवाल सिलाउनेहरु नभएको र यो सीप जानेमा आफुहरु ब्यवसायीक बन्न समेत सकिने भएकोले तालिमको आयोजना गरिएको वताउनुभयो । साथै उहाँले तालिमलाई ब्यवहारमा उतारेर ब्यवसायीक वन्न समेत सवैमा अनुरोध गनुभएको छ ।

नेपाली पोशाक दौरासुरुवाल सिलाई कटाई सम्बन्धि तालिम बजार क्षेत्रमा आवश्यकता महशुस गरेर घरेलु तथा साना उद्योग कार्यालयले रामपुर र तानसेनमा तालिम आयोजना गरेको उद्योग अधिकृत श्याम कुमार पौडेलले बताउनुभयो ।
कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीले रामपुर क्षेत्रमा बेसिक सीप सिकेर व्यबसायिक काम गरिरहेकालाई एड्भान्स रुपमा दौरासुरुवाल र गुन्युचोली तालिममा सहभागी बनाएको जानकारी गराउनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत श्याम कुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उद्योग कार्यालयका उद्यम सहजकर्ता मनोज घिमिरेले गर्नुभएको हो । तालिम चैत १९ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर