 
							९ भाद्र २०७७, मंगलवार
जिल्ला प्रशासनकार्यालय पश्चिम नवलपरासीले सोमबार देखी जिल्लामा हरियो वा सेतो मटर (केराउ), छोहडा र मरिच लगायतका वस्तुहरुको ओसार पसार र ढुवानीमा प्रतिबन्ध गरिएको छ । प्रशासनले सुचना निकालेर यस्तो जानकारी गराएको हो ।
जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रबाट यस्ता वस्तुको अवैध ओसारपसार र चोरी निकासी बढेपछि जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
निषेधाज्ञाका समयमा पनि जिल्लामा वैधअवैध रुपमा हरियो÷सेतो केराउ, छोहडा तथा मरिचको आवश्यकताभन्दा बढी भण्डार र अवैध रुपमा भारततर्फ चोरी निकासी बढ्दै जाँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएकाले उक्त वस्तुको ओसारपसार तथा ढुवानीमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिनुभयो ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com