६ श्रावन २०७८, बुधवार

टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’का अध्यक्ष कृष्ण कँडेलले विपद्ग्रस्त क्षेत्र मेलम्चीका प्रभावितका लागि १८ लाख ३६ हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।

कँडेलले उक्त रकम बुधबार मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याललाई हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा कँडेलले रेडियो मेलम्चीलाई ५० हजार रुपैयाँ प्रदान गर्नुका साथै बाढीले घर बगाएका स्थानीय गोपाल दुलालको घर निर्माण गरिदिने घोषणा गरेका छन् ।

कँडेलले बाढी प्रभावित रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

तस्वीर : देवराज सुवेदी/ रासस

प्रतिक्रिया

सम्बन्धित खवर