६ श्रावन २०७८, बुधवार
अपि पावरको साउन १३ गतेदेखि सर्वसाधारण समूहको २ लाख १५ हजार ५९९ कित्ता सेयर लिलामी बिक्री खुला हुने भएको छ ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।
लिलामी भर्ने अन्तिम म्याद साउन २० गतेसम्म तोकिएको छ ।

यसैगरी, मुक्तिनाथ विकास बैंकको भक्तपुर, ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगञ्ज, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर