२३ आषाढ २०७८, बुधवार
सहारा विकास बैंकले ५.३२% लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४–७५, २०७५–७६ र २०७६–७७ को संचित मुनाफाबाट ५.०५% बोनस सेयर र कर प्रयोजनार्थ ०.२७% नगद लाभांश दिने घोषणा गरेको हो ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।
हाल बैंकको चुक्ता पुँजी २७ करोड २२ लाख ७० हजार ६०४ रुपैयाँ रहेको छ ।
बोनस वितरणपछि भने बैंकको चुक्ता पुँजी २८ करोड ६० लाख २० हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर