३ भाद्र २०७७, बुधवार
बुटवल उपमहानगरपालिकाले भदौ ४ गते देखि ७ गते सम्मको लागि बुटवलको तरकारी थोक बजारमा हरियो तरकारी बिक्री गर्ने स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

उपमहानगरपालिकाले बुधबार दिउँसो एक सूचना जारी गर्दै भदौ ४ गते बिहानदेखि भदौ ७ गतेसम्म तरकारी थोक बजारलार्ई निषेधित क्षेत्र घोषणा गरेको हो ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले सुचना जारी गर्दे तरकारी थोक बजारमा हुने गरेको भिडभाडले कोरोना संक्रमण फैलिन सक्ने देखिएकाले लुम्बिनी प्रादेशिक अस्पतालदेखि तिनाउ पुलसम्म र तरकारी थोक बजारदेखि कालिकापथको न्यू इरा होटलसम्म हरियो तरकारी बिक्री वितरण गर्न नमिल्ने गरी निषेधित क्षेत्र कायम गरिएको उल्लेख छ ।
निषेधित क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर आलु, प्याज, लसुन र फलफूल बिहान ७ देखि ९ बजेसम्म बिक्री गर्न पाइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर