
१९ फागुन २०७७, बुधवार
नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ ।
मंगलबार सुनको मूल्य तोलामा ८७ हजारमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको हो ।
मंगलबार सुनको मूल्य तोलामा १७ सयले घटेको थियो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८७ हजार पाँच सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८७ हजार ५० सय कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
सोमबार चाँदीको मूल्य तोलामा १२९० मा कारोबार भएकोमा आज बढेर तोलामा १३१५ कायम भएको महासंघले जनाएको छ ।