२ फागुन २०७७, आइतवार

अनाधिकृत रूपमा खाली र भरेको ग्यास सिलिण्डर बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारी पक्राउ परेका छन् ।

विराटनगर – ९ भट्टीमोडचौकस्थित सिद्धार्थ टेड्रर्सका संचालक महेन्द्र सेढियालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

मोरङ प्रहरीका इन्स्पेक्टर पप्पु नायकको नेतृत्वमा गएको प्रहरी टोलीले छापा हानेर सेढियाको पसल र गोदामदेखि ठूलो परिमाणमा बिक्रीको लागि राखिएको ग्यास सिलिण्ड पनि बरामद गरेको छ ।

पक्राउ परेका सेढिया विराटनगरमा सबैभन्दा ठूलो ग्यास चुलोको होलसेल पसल संचालन गर्ने व्यापारी हुन् ।

पर्सा जिल्लामा रहेको मनोज ग्यास उद्योग प्रालिको स्वीकृत लिएको देखाउँदै संचालक सेढियाले लामो समयदेखि अनाधिकृत रूपमा मोरङ र झापाका आधा दर्जन कम्पनीको ग्यास विक्री वितरण गर्दै आएका थिए ।

विराटनगरमा आउन पाँच वर्षदेखि बन्द भएको मनोज ग्यास उद्योगको स्वीकृत लिएर अनाधिकृत रुपमा सेढीयाले कोशी, मेची, सुविधा, रिजाल, प्रिम्प, भेरीलगायतको ग्यास सिलिण्डर बिक्री वितरण गरेको पाइएको हो ।

प्रहरीले छापा हानेर सेढियाको डिर्लसबाट ६१ थान सिलिण्डर बरामद गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

बरामद गरेको ग्यास सिलिण्डर र संचालक सेढीयालाई प्रहरीले पक्राउ गरि मोरङ प्रहरी कार्यालयमा राखेको छ ।

प्रहरीले उनीमाथि थप अनुसन्धान गर्दै आएको एसपी खड्काले जानकारी दिए ।

प्रहरीले कालोबजारी ऐन अन्र्तगत कारवाहीको प्रक्रिया अगाडी बढाउने तयारी सुरु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर