२६ माघ २०७७, सोमवार

सोमबार नेपालको स्थानीय बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ ।

छापावाला सुन तोलामा रु ९० हजार ४०० मा कारोवार भएको छ ।

छापावाला सुन आइतबार तोलामा  ९० हजार ६०० रुपैयाँमा कारोवार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन पनि तोलामा २०० रुपैयाँले घटेको छ ।

९० हजार १५० रुपैयाँमा आइतबार कारोवार भएको तेजाबी सुन आज  ८९ हजार ९५० रुपैयाँ मूल्य निर्धारण भएको छ ।

त्यस्तै चाँदी तोलामा रु पाँचले बढेको छ ।

एक हजार ३१० रुपैयँमा आइतबार कारोवार भएको चाँदी समोबार तोलामा  एक हजार ३१५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर