९ माघ २०७७, शुक्रवार

चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओको आज (शुक्रबार) बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले शुक्रबारका लागि बाँडफाँट निश्चित भएको जानकारी दिएका हुन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यस कम्पनीको आईपीओमा मागभन्दा १७ दशमलव ५७ गुणा बढी आवेदन परेको छ ।

१२ लाख ५१ हजार ९३८ जना आवेदकले २ करोड ४४ लाख २९ हजार ८४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन ।

कम्पनीले पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणमा १३ लाख ९६ हजार २२ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत बिक्री गरेको हो ।

योग्य आवेदकमध्य १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले शेयर पाउनेछन् ।

सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेपश्चात कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर