७ माघ २०७७, बुधवार

गण्डकी प्रेदेश सरकारको कोरोनावाट पिडित भएका उधोगिहरुलाई ५० हजारदेखि १५ लाखसम्म निर्ब्याजी ऋण दिने भएको छ ।

https://amzn.to/4myfPN5

गण्डकीका नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधारी शर्मा पौडेलका अनुसार विभिन्न व्यवसायिक तथा मजदुर संगठनले १८ वटा ज्ञापन पत्र प्रदेश सरकारलाई बुझाए पश्चात सरकारका निकायले मजदुर, व्यवसायी तथा उद्यमीहरुलाई बोलाएर छुट्टा–छुट्टै छलफल चलाएपछि यो निकश्र्कमा पुगेको हो ।

‘हामीलाई अनुदान चाहिँदैन, सहुलियतमा ऋण पाए पुग्छ भनेर उद्यमीले भन्नुभयो’, उपाध्यक्ष शर्माले भने, ‘उहाँहरूले ५० हजारदेखि ५ लाखसम्मका ऋण सहयोग माग्नुभएको थियो सोहि अनुसार प्रकृया अगाडि वढाउदैछौ ।

यसैविच गण्डकी प्रदेश सरकार र नेपाल राष्ट्र बैंकले मंगलबार उक्त कार्यक्रम कार्यान्वयन गर्न सम्झौतामा हस्ताक्षर गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकीका सचिव इन्दु घिमिरे र नेपाल राष्ट्र बैंक, पोखराका निर्देशक ईश्वरीप्रसाद भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

प्रदेश सरकारले विनियोजन गरेको १ अर्ब रुपैयाँ बजेटबाट ब्याज तिर्ने गरी अब उद्यमी र साना तथा मझौला व्यवसायीले ऋण लिन सक्नेछन्।

उनीहरूले ५० हजारदेखि १५ लाख रुपैयाँसम्म ऋण लिन सक्ने गरी व्यवस्था गरेको सचिव घिमिरेले बताइन्।

उनका अनुसार उक्त ऋण सुविधा गण्डकी प्रदेशका ११ वटा बैंकका ४८० वटा शाखाबाट लिन
सकिनेछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर