
१ माघ २०७७, बिहिवार
नेपाली बजारमा सुनको मूल्य आज घटेको छ ।
बुधबार सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रूपैयाँमा कारोबार भएकोमा आज तोलामा ८ सय रूपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ६ सय निर्धारण गरिएको छ ।