
२९ पौष २०७७, बुधवार
भिजन लुम्बिनी पब्लिक कम्पनी लिमिटेडको नयाँ संचालक समितिमा पुनः जगतबहादुर पोखरेललाई निर्वाचित गरेको छ ।
कम्पनीको बुटवलमा सम्पन्न साधारण सभाले संस्थापक अध्यक्ष पोखरेललाई नै पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।
कम्पनीको सञ्चालकहरुमा ई.लेखनाथ पाण्डे, कुलबहादुर केसी, बाबुराम श्रेष्ठ, दिपक शर्मा, राधेश्याम यादव, केशवराज पन्थी, गोपाल बस्याल, गिरी प्रसाद गैरे, यम प्रसाद गैरे र रिजन बज्राचार्य चयन भएका छन् ।
यस अन्तर्गत २०७४ साल माघ १० गते भिजन लुम्बिनी टुर एण्ड ट्राभल्स, २०७५ आश्विन २६ गते भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड र २०७६ भाद्र २ गते भिजन लुम्बिनी यातायात कम्पनी स्थापना गरी सञ्चालन भइरहेको छ ।
टुर एण्ड ट्राभल्सले बुटवल तथा काठमाडौँबाट सेवा प्रवाह गरिरहेको छ भने यातायात कंपनीले मोफसलमै पहिलो पटक बुटवलबाट एसी जडित सुविधा सम्पन्न १० ओटा बस संचालन गरिरहेको छ ।
त्यसैगरी उर्जा कम्पनीले गण्डकी प्रदेश अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाटको सेतीखोला जलविद्युत परियोजना निर्माण गरिरहेको अध्यक्ष पोखरेलले जानकारी दिए ।