२६ पुस २०७७

भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा दुई करोड ५६ लाख १८ हजार ३५८ रुपैयाँ महसुल बक्यौता उठ्न बाँकी रहेको छ ।

महसुल नतिर्नेमा सरकारी कार्यालय, विभिन्न सङ्घसंस्थादेखि व्यक्तिगत घरसम्म रहेको बोर्डका प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी सञ्जय बरालले जानकारी दिएका छन् ।

उनका अनुसार आर्थिक वर्ष २०७६/७७ को असारसम्मा एक करोड ३० लाख ४८ हजार महसुल उठाउन बाँकी थियो ।

चालु आव २०७७/७८ को साँढे पाँच महिनामा रु एक करोड २५ लाख ७० हजार ३५८ थपिएको हो । पटक–पटक ताकेता गर्दा पनि महसुल उठाउन नसकिएको उनले बताए ।

नतिर्नेलाई पटक–पटक पत्राचार गरिराखिएको उनले बताए । रिडरमार्फत जानकारी पनि गराउने गरिएको छ, जति गरे पनि नतिरेमा अन्तिममा आफूहरु खानेपानीको लाइन काट्न बाध्य हुने उनको भनाइ छ ।

बोर्डको कार्यक्षेत्र समग्र महानगर हो । तर, बोर्डले भरतपुरको १ देखि १६ सम्म र २२ नं वडामा खानेपानी सुविधा पुर्याएको छ ।

वडा नं १७ देखि २१ र २३ देखि २९ सम्मका कुनै ठाउँमा उपभोक्ता समितिमार्फत खानेपानी पुगेका छन् भने कुनै ठाउँमा पुगेका छैनन् । बोर्डले सबै ठाउँमा खानेपानी पु¥याउनका लागि काम गरिरहेको बराल बताउँछन् ।

यो आवमा दुई हजार नयाँ धारा जडान गरिएको उनले बताए । हालसम्म बोर्डका ३० हजार ग्राहक छन् अर्थात ३० हजार धारा जडान गरिएका छन् ।

अब ग्रामीण भेगहरुमा खानेपानी पु¥याउन बाँकी रहेको बरालको भनाइ छ ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर