पत्रपत्रिका
राजधानी दैनिक

२१ पौष २०७७, मंगलवार

संसद् विघटनसँगै राजनीतिक अस्थिरताको मौका छोपेर विभिन्न व्यापारिक फर्मले राजस्व छली गर्ने क्रम बढाएको पाइएको छ । गत

शुक्रबारदेखि सोमबारसम्म ३८ जनाविरुद्ध झन्डै २ अर्ब रुपैयाँ राजस्व छलीको मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले चार

दिनको अवधिमा कुल १ अर्ब ९७ करोड ७४ लाख ६४ हजार ९४७ रुपैयाँ राजस्व छलीको घटना बाहिर ल्याएको छ ।

विभागका अनुसार गत शुक्रबार एकै दिन नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलीमा संलग्न २८ जनाविरुद्ध १

अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद सजाय मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा

दायर गरिएको थियो । सोमबार भने विभागले पुनः नक्कली भ्याट बिलको कारोबार गर्ने व्यवसायी प्रदीप साहलगायत १० जनाविरुद्ध ६५

करोड २८ लाख ५२ हजार ३८२ रुपैयाँ मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले सोमबार सर्लाही धनकौल गाउँपालिका–६ का मुख्य कारोबारी साहले आरकेएम ट्रेडिङ प्रालिलगायत विभिन्न १३ वटा फर्म

कमजोर आर्थिक अवस्था भएका मजदुरलगायतका व्यक्तिको नाममा दर्ता गरी सञ्चालन गरेको फेला पारेको छ । यो खबर

आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर