१८ पुस २०७७ ग्लोबल आइएमई बैंक लिमिटेड शनिबारदेखि आफ्नो स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो

अवधिमा नै बैंक पूँजी, व्यवसाय, शाखा÷सञ्जाल समेतका हिसाबले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ । बैंकको हाल चुक्ता पुँजी

करिब १९ अर्ब रुपियाँ (प्रस्तावित १४ प्रतिशत बोनस प्रश्चात करिब २१ अर्ब भन्दा बढी) र संचित कोष गरी प्राथमिक पूँजी २७ अर्ब २४

करोड रुपैयाँ, कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपियाँ र कुल कर्जा २ खर्ब ११ अर्ब रुपियाँ भन्दा बढी पुग्नेछ । त्यस्तै, सबै क्षेत्र र वर्गसम्म

बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकल ७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित

बैंकिङ्ग सेवा, २४ एक्सटेन्सन काउण्टर, १ ऋम्क् ऋभिबचष्लन काउण्टर सहित, २३ राजश्व कलेक्सन काउण्टर, तथा ३ वटा बैदेशिक

प्रतिनिधि कार्यालयसमेत गरी करिब ७९७ सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त

अधिराज्य, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका

मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ । बैंकको १४औं वार्षिक उत्सवको

अवसरमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले मर्जरपछि ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग

सेवा प्रदान गर्न अझ सहज भएको बताएका छन् । मर्जर तथा प्राप्तीमा ग्लोबल आइएमई बैंकसँग लामो अनुभव भएको बताउँदै उनाँले

मर्जरपछिको व्यवस्थापनमा बैंकले हासिल गरेको उपलब्धिको आधारमा आउने दिनमा पनि थप उत्साहित बनाउने विश्वास व्यक्त गरे ।

अध्यक्ष ढकालले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसंग मर्जर÷एक्विजिशनपछि बैंकको पूँजीमा अभिवृद्धि भई प्रतिस्पर्धात्मक क्षमतामा

वृद्धि, बैंकको वित्तीय, मानव–संशाधन, प्राविधिक एवं अन्य क्षमतामा अभिवृद्धि भएको बताए । उनले कोभिड–१९ को महामारीमा पनि

बैंकहरुले आफ्ना ग्राहक तथा सेवाग्राहीहरुलार्ई निरन्तररुपमा सेवा दिएको बताउँदै यसले बैंक तथा वित्तीय संस्थाप्रति आमजनमानसको

विश्वास बढेको बताएका छन। “कोभिड–१९ को विश्व महामारीको अत्यन्त जटिल र त्रासदिपूर्ण परिस्थितिमा पनि हामीले गरेको सेवालाई

सबैले सम्झिने छन् । यसले बैंक व्यवसाय मात्र नभई आपत विपतको साथी र संकटको सारथी पनि हो भन्ने कुरालाई स्थापित गरेको छ,”

उनले भने, “यसलाई हामीहरुले आफ्नो व्यवहार र सेवाले थप मजबुद र प्रष्ट पार्दै जानेछौं ।” नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ

उपाध्यक्षसमेत रहेका ढकालले महामारीको समयमा व्यवसाय र व्यवसायीलाई विभिन्न किसिमका सहुलियत र छुट दिँदै बैंक

व्यवसायीहरुको संकटको सारथी बनेको बताए । “विश्व महामारीको अत्यन्तै जटिल र संकटको समयमा बैंकहरुले नेपाल राष्ट्र बैंकको

निर्देशन बमोजिम निजी क्षेत्रले उठाउँदै आएको कर्जाको किस्ता र व्याज तिर्ने समयसीमा बढाएर, व्याजमा छुट दिएर निजी क्षेत्रको

संकटको सारथी बनेर काम गरे । यसले हामी निजी क्षेत्र एकआपसमा मिलेर संकटको सामना गरियो भने पक्कै पनि भविष्यमा आइपर्ने

सम्भावित संकटलाई परास्त गर्न वा त्यसको क्षति न्यून गर्न सकिन्छ भन्ने ज्ञान हामीले प्राप्त गरेका छौं । संकटको समयमा फुटेर होइन

जुटेर अघि बढ्नुपर्छ भन्ने सन्देश पनि हामीले पाएका छौं ।” उनले भने । आफ्नो शुभकामना सन्देशमा बैंकका प्रमुख कार्यकारी अधिकृत

रत्नराज बज्राचार्यले विभिन्न मर्जर तथा एक्विजिशनपछि अहिले ग्लोबल आइएमई बैंक मुलुककै एक उत्कृष्ट, सबल र मजबुद बैंक बनेको

बताए । मर्जरपछि धेरैजसो सूचकहरुमा ग्लोबल आइएमई बैंक देशकै ठूलो र एउटा उत्कृष्ट बैंकको रुपमा रहेको छ । यसलाई थप

उचाइमा पु¥याउने र यसको सेवालाई ७७ वटै जिल्लामा विस्तार गरी सबैका लागि बैैंक भन्ने मूल नारालाई साकार पार्ने गरी बैंकले काम

गरिरहेको उनले बताए । मर्जर र मर्जरपछिको व्यवस्थापनमा बैंक व्यवस्थापन केन्द्रित रहेको बताउँदै उहाँले अबका दिनमा बैंकलाई

देशकै सबैभन्दा उत्कृष्ट र सबल बैंकको रुपमा स्थापित गर्ने बताए । मर्जरपछिका धेरै कामहरु अझै पनि बाँकी रहेका छन्,” प्रमुख

कार्यकारी अधिकृत बज्राचार्यले भने, “मर्जरको उचित व्यवस्थापन भइसकेपछि ग्लोबल आइएमई बैंक अहिलेको तुलनामा थप सबल र

मजबुद बन्नेछ ।”

प्रतिक्रिया

सम्बन्धित खवर