७ पौष २०७७, मंगलवार

सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले बढेको छ  मंगलबार नेप्से परिसूचक ९५.४६ अंकले बढेर २ हजार ६१ दशमलव ४६ विन्दुमा पुगेको हो । दिनभरको कारोबारमा आज ६ अर्ब ७४ करोडको कारोबार भयो । मंगलबार बजारमा १ सय ७५ कम्पनीको सेयर कारोबार भएको थियो । त्यसमध्ये १ सय ५९ कम्पनीको मूल्य बढेका छन् । ९ कम्पनीको मूल्य घटेका छन् भने बाँकी ७ वटा कम्पनीको मूल्य स्थिर रहेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आजको बजारमा शिखर इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीको प्रोमोटर सेयर, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, साञ्जेन जलविद्युत्, एनआईसी एशिया बैंक, अपर तामाकोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, समृद्धि फाइनान्स, प्रिमियर इन्स्योरेन्स, एनसीसी बैंक र राष्ट्रिय बीमा कम्पनीको साधारण सेयरको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

नारायणी डेभलपमेन्ट बैंक र युनाइटेड इदि मर्दी हाइड्रोपावरको मूल्य भने ९ प्रतिशत भन्दा बढीले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर