३ पौष २०७७, शुक्रवार
इसेवा मनी ट्रान्सफर र वायरबार्लेबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। यो सम्झौतासँगै अमेरिका, क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण कोरिया र हङकङमा रहेका नेपालीले वायरबार्लेबाट नगदमा वा बैंक खातामा र इसेवा वालेटमा सहजै रकम पठाउन सक्ने छन् वायरबार्ले अस्ट्रेलियाको पहिलो र अग्रणी कम्पनी हो। यसको सेवा अस्ट्रेलिया, दक्षिण कोरिया, अमेरिका, क्यानाडा, न्युजिल्यान्ड र हङकङमा छ। इसेवा मनी ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुको उद्देश्य रहेको कम्पनीका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए।