३१ आषाढ २०७८, बिहिवार

भारतको विशाखापटनममा १५ क्विन्टल तौल भएको एउटै माछा फेला परेको छ। स्थानीय समुन्द्रमा माझीहरूले १५ क्विन्टल तौल भएको एउटा माछा मारेका हुन्।

https://amzn.to/4myfPN5

शार्क प्रजातिको त्यो माछाको तौल १५ सय किलोग्राम र लम्बाइ झन्डै १३ फिट रहेको बिबिसीले जनाएको छ।

समुद्रमा फेला परेको उक्त माछालाई किनारामा ल्याउन माझीहरुको समूहलाई तीन घण्टा लागेको थियो। तर, मारिसकेपछि भने उक्त माछा खान मिल्ने खालको नभएको पाइएको थियो। जानकारहरुले उक्त माछा खान नहुने बताएपछि फेरि त्यसलाई समुद्रमै फ्याँकिएको थियो .एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर