२२ आषाढ २०७८, मंगलवार
विश्वको सबैभन्दा महंगो चियाको बारेमा सुन्नु भएको छ ? जसको मुल्य लाखौं पर्दछ भन्दा पत्याउनु हुन्छ ? विश्वको सबैभन्दा महंगो चिया ‘द होंग पाओ’ चाहिँ दैनिक पिउन सम्भव नहोला । किनभने यसको मुल्य लाखौँ पर्दछ ।
‘द होंग पाओ’ नामक चियाको मुल्य सुनको मुल्य भन्दा कैयौं गुणा बढी छ ।
चीनको एक सानो शहर, फुजियानको वूइसन क्षेत्रमा पाइने ‘द होंग पाओ’ चिया स्वास्थ्यकालागि अत्यन्त लाभकारी मानिन्छ ।
विशेष बिरुवाबाट तयार हुने यस चियालाई जीवनदायनी मानिएकै कारणले यो सुन भन्दा मुल्यवान मानिएको हो । यस चियाको एक घुट्कीका लागि करीब १२ लाख तिर्नु पर्दछ ।
सन् २००२ मा एक धनी व्यवसायीले २० ग्राम मात्रा खरीद गर्न २८ हजार डलर तिरेका थिए ।
अहिले यसको एक ग्रामको मुल्य मात्र १४ सय डलर पर्दछ । अझ एक प्यालामा यसलाई पिउने भए १० हजार डलर भन्दा बढि पर्ने गर्दछ । जसको नेपाली रुपैयाँ करिब १२ लाख पर्दछ ।
‘द होंग पाओ’ चिया यति धेरै महंगो हुनुमा यो चिया बन्ने बिरुवा हो ।
किनभने यो जुन बिरुवाबाट बन्दछ सो बिरुवा अब संसारमा लगभग पाइँदैन । यस्तोमा प्राचीन चिया संग्रहित गरी राखेकोले यसको मुल्य लाखौं परेको हो । यो चिया बन्ने बिरुवा सन् २००५ मा समाप्त भएको बताइन्छ ।