८ असोज २०७७, बिहिवार

इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार रोयल च्यालेन्जर्स बैङ्लोर र किङ्स ११ पञ्जावबीचको खेल हुँदैछ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नेपाली समयअनुसार बेलुका पौने आठ बजे दुवई इन्टरनेसनल क्रिकेट मैदानमा प्रतिस्पर्धा हुनेछ ।

यसअघि समान पहिलो खेलमा जित हात पारेको बैङ्लेर आफ्नो विजयी यात्रा कायम राख्ने योजनमा छ । यस्तै, पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको पञ्जााव बैङ्लोरविरुद्ध जितको हात पार्ने योजनामा छ ।

पञ्जावको कप्तानी केएल राहुलले गरिरहेका छन् भने बैङ्लोरको कप्तानी भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले गरिरहेका छन् ।

यी दुई टीमबीच खेलको नतिजा हेर्दा बैंगलोर बलियो देखिएको छ । गत सिजनको दुई भेटमा समेत बैंगलोरले बाजी मारेको थियो ।

गत संस्करणमा भएको पहिलो भेटमा बैंगलोरले ८ विकेटको जित निकालेको थियो । दोस्रो भेटमा बैंगलोरले १७ रनको जित निकालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर