२० श्रावन २०७८, बुधवार

क्रिकेटर पारस खड्काले सही अवसर प्राप्त भएमा आफू राजनीतिमा पनि लाग्न सक्ने बताएका छन् । अन्तराष्ट्रिय क्रिकेटवाट सन्यास लिएको घोषणा पछि बुधवार काठमाडौमा पत्रकार सम्मेलन गरी उनले यस्तो धारणा राखेका हुन् । राजनीतिमा आउने सम्भावना भएपनि तत्कालको उनको प्राथमिकता भने क्रिकेट नै भएको उनको भनाई छ ।

https://amzn.to/4myfPN5

उनले अहिले उचित समय लागेर अन्तर्राष्ट्रिय क्रिकेटबाट राजीनामा दिएको पनि बताए । ‘यो राइट टाइम भनेर अनाउन्समेन्ट गरेको हो’, उनले भने । नेपाली क्रिकेट टिमभित्रको वातावरणलाई आफूले सधैँ मिस गर्ने खड्काले बताए ।

‘सन्यास लिँदैमा क्रिकेटबाट टाढा भएको होइनु, उनले पत्रकार सम्मेलनमा भने, ुम भोलि पनि क्रिकेटसँगै हुनेछु। मेरो भूमिका मात्रै फेरिनेछ। पत्रकार सम्मेलनका क्रममा पारसले आफूले यसअघि नै सन्यास लिन चाहे पनि टिमलाई सहयोग गरिरहन बसेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर